Logo

ज्ञानेन्द्रसँग नजिकिँदै गरेको एमालेसँग हामी टाढै बस्छौँ : हरिबोल गजुरेल



काठमाडौं, २० असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अग्रगमन र संघियताको विरोधमा लागेको आरोप लगाएका छन् ।

धर्मनिरपेक्षता, सामाजिक न्याय र भूमिसुधारको समेत एमालेले विरोध गरेको गजुरेलको आरोप छ । यति मात्रै होइन पुर्व राजा ज्ञानेन्द्रसँग समेत एमालेको निकटता बढ्दै गएको दाबी गजुरेलको छ ।

मंगलबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले संघीयता र हिमाल, पहाड, तराईबिचको एकता कायम गर्नमा नेपाली कांग्रेस सकारात्मक भएकाले नै माओवादी र कांग्रेसबिचको सम्बन्ध राम्रो भएको दाबी गरेका हुन । गजुरेलले भने,“जनआन्दोलनको मर्म र परिवर्तनको पक्षमा रहने पार्टीसँगको सम्बन्ध सधैँ सुमधुर रहन्छ ।”

केपी ओलीले सामनती राष्ट्रवादको चरित्र देखाएको आरोप लगाउँदै नेता गजुरेलले एमाले पार्टीले नै भ्रम फैल्याएको बताएका छन् । सबैखाले मनोवृत्ति भएका जनतालाई एकसाथ लिएर हिँड्न गाह्रो हुने तर्क गर्दै उनले भने, “जनता भड्काउनका लागि वुद्धि पनि नचाहिने क्षमता पनि नचाहिने उराल्दिएपछि भैहाल्दोरैछ ।”

संविधान कार्यान्वय गर्नका लागि नेपाली कांग्रेससँग गठबन्धन गरिएको बताएका गजुरेलले अग्रगमनका पक्षमा गरिएको गठबन्धनले देशलाई फाइदा पुग्ने बताए । संविधान कार्यान्वयनको पक्षमा नेपाली कांग्रेस प्रतिवद्ध देखिएकाले गठबन्धन गरेको उनको भनाई छ ।

नेकपा एमालेभन्दा नेपाली कांग्रेस संविधान कार्यान्वयन र अग्रगमनको पक्षमा हिँड्न चाहेको गजुरेल बताउँछन् । धर्मनिरपेक्षता, संघियता र तराई मधेशका समस्या समाधान गर्न चाहने पार्टीसँग माओवादीको गठबन्धन बन्न सक्ने गजुरेलले प्रष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot