Logo

करिश्मा र विनोदको सम्बन्धले लियो नयाँ आकार



काठमाडौं, २० असार । नेपाली कला क्षेत्र र राजनीति क्षेत्रको सम्बन्ध यतिवेला नजिक भएको कुरा नकार्न मिल्दैन । पछिल्लो समयमा नायिका करिश्मा मानन्धर नेपाली चलचित्र र राजनीतिक क्षेत्रमा जोडिएको नाम हो।

करिश्माले आफ्ना पति विनोदका बारेमा मुख खोलेर पछिल्लो समयमा चर्चामा आएकी थिईन् । यो जोडीको बारेमा जुन किसिमका टिकाटिप्णी आएका छन् । ती टिप्पणीले वैवाहिक सम्बन्ध संकटमा पर्ने त होईन भन्नेसम्मका अनुमान गर्न थालिएको थियो ।

करिश्माको राजनीतिक यात्रा विनोदलाई मन नपरेको र विनोदले आफ्नो नाम मतदाता सुचिमा नराखेर आफ्नो मतदान गर्ने अधिकार हनन गरेको भन्दै आक्रोश पोखेकी थिईन् ।

करिश्मा र विनोदबीचको सम्बन्ध लगभग दुई धार हुन्छ कि भन्ने अनुमान गरिएको थियो तर अहिले आएर पूर्णरुपमा उक्त अनुमान गलत सावित भएको छ ।
विनोदले करिश्मा र आफ्नो बीचमा हाल आएर त्यस्तो कुनैपनि असहमति नरहेको बताएका छन् । करिश्मासँगको सम्बन्ध तलमाथि नहुने बताउदै विनोदले भने,‘हाम्रो समबन्धमा केही तितो आएपनि हामीबीचको दुरी बढ्ने शंका निराधार हो, हामीबीचको सम्बन्ध राम्रो छ, राम्रो रहने छ।’

करिश्माले आफ्नो पति विनोदसँग केही कुरामा असहमति रहेपनि सम्बन्ध नै तलमाथि हुनलाग्यो भन्ने कुरा निराधार भएको स्पष्ट पारिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot