Logo

विज्ञान तथा प्रविधिमा नेपाली युवा पुस्ताको क्रेज ह्वात्तै बढेको छ : धमला



काठमाडौं, २० असार । नास्टका फ्याकल्टी अफ टेक्नोलोजी नेपाल एकेडेमी अफ साईन्सका प्रमुख डा. सुरेश कुमार ढुँगेलले अहिलेको युग विज्ञान तथा प्रविधिको युग भएकोले नेपाली युवा पुस्तामा समेत यसको ठूलो प्रभाव र पहुँच रहेको बताएका छन् ।

मंगलबार द ओरियन ईन्टरनेश्नल कलेज, शान्तिनगर सिनामंगलले आयोजना गरेको ‘SHAPING YOUR FUTURE : EMPROVING GENERATIONS SCIENCE EXHIBITION 2074’’ को उद्धघाटन गर्दै ढुँगेलले विश्वमा विज्ञान तथा प्रविधिको ठूलो प्रभाव रहेको बताउँदे आगामी दिनमा नेपालमा पनि यसले ठूलो प्रभाव जमाउने बताए । उनले भने,‘आज विज्ञान तथा प्रविधिको कुरा गर्ने हो भने अल्वर्ट आईन्सटाईन र विल गेट्सको कुरा गरौं, उहाँहरुले यही विज्ञान तथा प्रविधिको कारणले विश्व हल्लाउनुभएको छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अहिलेको युवा पुस्ताको सपना नै विज्ञान तथा प्रविधि भएको उल्लेख गर्दै उनीहरुमा नयाँ नयाँ आविष्कार गर्ने सोच रहेको बताए । धमलाले अन्र्तराष्ट्रिय क्षेत्रमा पनि प्रतिष्पर्धा गर्न सक्ने सार्मथ्य नेपाली युवा वैज्ञानिक तथा प्रविधि क्षेत्रका दिग्गजहरुसँग रहेको बताए ।

अहिलेको युवा पुस्ताहरुले सँधै सिक्न र नयाँ–नयाँ कुरा आविष्कार गर्न चाहेको उनको भनाई थियो । युवा पुस्ताले अब नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सक्ने समेत धमलाको भनाई रहेको थियो ।

कार्यक्रममा एभरेष्ट साईन्स सेन्टर सुनसरी नेपालका संस्थापक अध्यक्ष डा. दिलिप अधिकारीले विज्ञान तथा प्रविधिको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले विज्ञान तथा प्रविधिको विकास भएका राष्ट्रहरुको विकास भएको जनाए ।

त्यस्तै सौर्य ईन्टरनेश्नल स्कूलका प्रिन्सिपल भीम हाङ् लिम्बुले पनि आफ्ना भनाई राखेका थिए । उक्त मेल एक हप्तासम्म चल्नेछ । मेला कलेजको प्रांगणमा हुनेपनि आयोजकले जानकारी दिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot