Logo

चलचित्र निर्देशक डोमा शेर्पाको दाहासंकार, हेर्नुहोस तस्विर र भिडियो



काठमाडौं, २० असार । चलचित्र निर्देशक निलु डोमा शेर्पाको पार्थिव शरीरलाई आज दाहासंकार गरिएको छ। स्वयम्भुमा रहेको ‘स्वयम्भु आर्यघाट’ मा उनको पार्थिव शरीरलाई दाहासंकार गरिएको हो ।

दाहासंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक, प्राविधिक पुगेका थिए। सबैलाइृ हसाउने निलुले सबैलाई रुवाएर गएकी छन् ।

निलुको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिदै गर्दा कलाकारदेखि पत्रकार सम्म सबैको आँखा रसाएका थिए।नायिका रेखा थापा, नम्रता श्रेष्ठ, निशा अधिकारी, माला लिम्बु, माल्बिका सुब्बा, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,क्रिकेटर शरद भेषवाकर लगायत निलुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पुगेका थिए ।

निलुको शनिबार निधन भएको थियो । हृदयघातका कारण निलुको निधन भएको बताइएको छ। चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेपछि निलुले चर्चा पाएकी थिइन् । उनी, नयाँ चलचित्र निर्देशनको तयारीमा समेत थिइन् ।

हेर्नुहोस तस्विर र भिडियो : वर्षा शाह 



प्रतिक्रिया दिनुहोस्