Logo

अमिताभ बच्चनसंग काम गरेका भोजपुरी सेलिब्रेटी नेपालमा



काठमाडौं ।नेपालमा द्धन्द निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्म बाट आरम्भ गरेका छन् । ३ करोड भारतिय रुपैयामा निर्माण हुने चलचित्र निरहुवा चलल लण्डनको एक गितको यतिबेला नेपालका बिभिन्न स्थानमा छायांकन भइरहेको छ ।

जोमसोम , कागबेनी तथा पोखरा एयरपोर्टमा ७ दिन लगाएर एक गितको छायांकन गरिएको छ ।

एउटा गितको मात्र छायांकनको लागि २० लाख खर्च भएको निर्देशक चन्द्र पन्तले जानकारी दिए । जव कि अहिले बनिरहेका भोजपुरी गितहरु २ लाख निर्माण हुने गरेको उनको भनाइ छ । हामि संगको कुराकानिमा निर्देशक पन्तले यो चलचित्रले भोजपुरी फिल्मको इतिहासलाइ नै परिवर्तन गर्ने बताउछन् ।

४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो चलचित्र मा भोजपुरि फिल्मका सुपरस्टार दिनेश लाल यादव तथा हिट नायीका आम्रपालि दुवे ले अभिनय गरीरहेका छन् । नायक दिनेश लाल यादव यस्ता नायक हुन् जसले अमिताभ बच्चन देखि सलमान खान संगै काम गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्