Logo

दल दर्ता गर्न निर्वाचन आयोग जाँदै राजपा नेपाल



काठमाडौं, २१ असार । राष्ट्रिय जनता पार्टी नेपालले औपचारिकरुपमा निर्वाचन आयोगमा आज दल दर्ता गर्ने भएको छ ।

विजुलीबजारस्थित पार्टी कार्यालयमा भेला भई राजपा नेताहरु दल दर्ताका लागि अबको आधा घण्टाभित्र निर्वाचन आयोग जाने राजपाका महासचिव केशव झाले जानकारी दिए ।

अहिलेसम्म विभिन्न ६ वटा पार्टीहरु अलग्गै दर्ता भएकामा अब एउटै दलका रुपमा दर्ता गर्न लागिएको अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए । यादवले भने,‘यो एउटा प्रक्रियामात्रै र्पुयाउन लागिएको हो, चुनावमा के गर्ने भन्नेबारेमा पार्टीमा छलफल गर्न बाँकी नै छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot