Logo

एमाले संविधान संशोधन गर्न तयार छ : वंशिधर मिश्र



काठमाडौं २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. वंशिधर मिश्रले आफ्नो पार्टी संविधान संशोधन गर्न तयार रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि छलफल गरेर संविधान संशोधनका विषयमा टुँगोमा पुर्याउने कुरा गरेको उनले जानकारी दिए । उनले प्रदेश नम्बर २ को निर्वाचन अघि नै वार्ता र सहमतिका आधारमा चुनावका लागि संशोधन गर्न आफूहरु तयार रहेको समेत स्पष्ट पारे । यीनै विषयमो केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मिश्रसँग गरेको कुराकानीको सम्पादित अंश ः

नेकपा एमाले संविधान संशोधनका लागि बाधक बनेको हो ?

पार्टी अध्यक्षले दोस्रो चरणको निर्वाचन सकिएपछि छलफल गरेर सविधान संशोधनका विषयमा टुङ्गोमा पु¥याउने कुरा गर्नुभएको छ । राजनीतिक निकासका लागि हाम्रो पार्टी तयार छ ।

प्रदेश नम्बर २ को चुनावका लागि संविधान संशोधन हुन्छ त ?

अवश्य हुन्छ । वार्ता र सहमतिका आधारमा चुनावका लागि हामी संविधान संशोधन गर्न तयार छौँ ।

संविधान संशोधनका लागि त एमालेले नयाँ प्रस्ताव ल्याउनु पर्छ भनिरहेको छ नि ?

संविधान संशोधनका लागि अहिले पेश भएको प्रस्ताव त मधेशी दलले पनि मानेका छैनन नि । त्यसैले अब संविधान संशोधनभन्दा पनि के विषयमा संशोधन गर्ने भन्ने प्रमुख कुरा भइसकेको छ । आवश्यक विषयवस्तुभित्र प्रवेश गरेर टुङ्गोमा पुग्नुपर्छ । यसले नै सहमतिका साथ सही प्रक्रियाको सुरु गर्न सकिन्छ ।

प्रसंग बदलौँ, अहिले सप्तरीमा बाढीले जनता पीडित छन् । तपाईको ध्यान त्यता गएको छैन ?

तपाईले गम्भीर र महत्वपूर्ण विषय उठाउनभयो । हाम्रो पार्टीका सांसदहरु सबैले यस विषयमा चासो र चिन्ता व्यक्त गर्नुभएको छ । हामीले त सरकारलाई पार्टी पंक्तिलाई नै परिचालन गरेर उद्दार र राहतमा सक्रिय हुने वातावरण बनाउन समेत माग गरेका छौँ । हरेक वर्ष हुने डुबानको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने उपाय खोज्नुपर्छ । तराईका समस्या समाधानका लागि जनप्रतिनिधी, सम्बन्धित निकाय र सरकार जिम्मेवार ढंगले प्रस्तुत हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्