Logo

बिरामी बचाउनको लागि आफन्तको सहमतिमा मृगौला झिकेका हौं : मनमोहन अस्पताल प्रशासन



काठमाडौं, २२ असार । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले ‘पत्थरी जिक्दा मृगौला निकालियो’ भन्ने समाचारपति आपत्ति जनाएको छ ।

अस्पताल प्रशासनले बिहिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर समाचार निराधार र नियोजित रुपमा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको हो ।
अपस्तालका ईमर्जेन्सी विशेषज्ञ डा. धर्मदत्त जोशीले नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पथ्थरी उपचारका क्रममा जीवन गम्भिर स्थितिमा पुगेको र आफन्तको सहमतिमै मृगौला निकालेर जीवन जोगाएको स्पष्ट पारेका हुन्।

बिरामीको मृगौला सामान्य भन्दा तल मुत्र थैलीतिर झरेको र पथ्थरी निकालि सकिएपछि एक्कासी रक्तश्राप भएको बताउदै डा. जोशीले भने,‘हामीले उहाँको मृगौला नझिकीकनै उपचार र जीवन जोगाउन ठुलो प्रयास गर्यौँ, तर सकेनौ, उहाँको बारेमा हामी निक्कै सम्वेदनशील भयौ, बिरामी पक्षलाई जानकारी गराएर जीवन जोगाउने कि मृगौला निकाल्ने भन्दा उहाँहरू जीवन जोगाउने भन्नेमा पुग्नु भयो, अनि हामीले त्यो किड्नी झिकेका हौ, अझै अस्पतालमा त्यो किड्नी सुरक्षित छ, त्यो नक्कली या अरुको हो भन्ने लाग्छ भने डि.एन.ए गर्दा पनि हुन्छ, कानुन छ, हाम्रो गल्ती अप्रेशन गर्नु हुँदै होईन, हाम्रो गल्ति उहाँको परिवार र सन्तानको हितको निम्ति सदासहायता देखाउनेमा पुग्नु गल्ति भएको हो, कानुनले हामीलाई दोषी ठहर गर्छ भने हामी झुण्डिन तयार छौँ।’

त्यस्तै शल्यक्रियामा संलग्न बरिष्ठ युरोलोजिष्ट प्रा.डा.गुणकुमार श्रेष्ठले आफ्नो कुनैपनि दोष नभएको बताएका छन् । बिरामी रिमालको जीवन जोगाउनको लागि नै यस्तो जोखिम उठाएको बताउदै उनले भने,‘हामीले एक मिनेट मात्रै ढिला गरेको भए उहाँको जीवन समाप्त हुनेथियो, बिरामीका आफन्तसँग अस्पतालले सुरुमै सबै कुरा जानकारी गराएर मात्रै शल्यक्रियामा लिन्छ, बिरामी पक्षले अरुका कुरा सुनेर पछि लफडा झिक्नु भएको हो, सुरुमा आक्रोशमा आउनुभयो, मृगौला हेर्नु मान्नु भएन पनि विभिन्न माग राख्नु भयो, ती माग सम्बोधन गर्नकोलागि अस्पतालले सदासहायता देखियो, आज त्यही सदासहयातालाई हतियार बनाएर हाम्रो बद्नाम गर्ने काम भएको छ, सत्य यही हो, हाम्रो गल्ति छैन्, हामीलाई बद्नाम गर्ने काम भएको छ। ।’

उनले अघि थपे,‘बिरामीको बाँया तर्फको मृगौलामा रहेको २ सेन्टिमिटर लम्वाई पत्थरीको शल्यक्रिया गर्नुभन्दा पहिले आफन्तसँग बसेर सबै जानकारी गरेर हामीले अप्रेशन गर्यौ, त्यसपछि एक्कासि रक्तश्राप सुरु भयो, शरिरको २५ प्रतिशत रगत मृगौला भएर संचार हुन्छ, मैले अप्रेशनबाट बाहिर निस्किएर बिरामीका आफन्तलाई भवितव्यका बारेमा जानकारी गराएँ, हामीले ठुलो प्रयास गर्यांै तर उहाँको अवस्था सहज ल्याउन सकेनौ, मृगौला निकालेरै भएपनि जीवन बचाउनेमा हामी लाग्यांै, त्यसको परिणाम आज हामीलाई तस्करीजस्तो जघन्य अपराधी भनिँदैछ यो सरासर गलत हो।’

हेर्नुहोस अस्पतालले जारी गरेको प्रेस वक्तव्यको पूर्णपाठ :

मिति : २०७४।३।२२

प्रेष — विज्ञप्ती

उपरोक्त सम्वन्धमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा चिकित्सकको लापरवाहीले पत्थरी झिक्नु पर्नेमा मृर्गौला झिकेको लगायतको समाचारहरु विभिन्न संचार माध्यम र सामाजिक संजालमा प्रकाशन÷प्रसारण भईरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्वन्धमा सत्य तथ्य स्पष्ट पार्न यो प्रेष विज्ञप्ती जारी गरिएको छ ।

नुवाकोट जिल्ला विदुर न.पा.१२ ठेगाना भएका वर्ष ३२ का श्री शिव प्रसाद रिमाल स्वास्थ्य जांचको क्रममा यस अस्पतालमा मिति २०७४।२।२२ मा आउनु भएको र स्वास्थ्य जांचको क्रममा नीजको दुवै मिर्गौलामा पथ्थरी देखिएकोले यस अस्पतालमा भर्ना भई मृगौलाको शल्यक्रिया गरेको साँचो हो । नीज विरामीको बायां तर्फको मृगौलामा रहेको २ सेन्टीमीटर लम्वाईको पत्थरी निकाल्न जांच गर्दा उक्त मृर्गौला जन्मजात रुपमा सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिकमा रहेको देखिंदा निज विरामीको ऋत् क्अबल र क्ष्ख्ग्द्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । अप्रेशन गर्नु भन्दा अगाडि विरामी र विरामीका आफन्तलाई अप्रेशन जटिल छ यसवाट हुन सक्ने जटिलताको वारेमा पुर्ण जानकारी गराईएको थियो ।

भवितव्य परि केहि भएमा अस्पताल र अस्पतालमा कार्य गर्ने चिकित्सक तथा कर्मचारीलाई दोष दिने छैनौं भनि विरामी र विरामीका आफन्तले सहि गरेको प्रष्ट छ । यस पस्चात अप्रेशन सुरु गर्दा विरामीको असामान्य स्थानमा रहेको उक्त मृगौलावाट अध्याधिक रक्तश्राव भई विरामीको ज्यानै जान सक्ने परिस्थीतिको सृजना भई अनेक उपलव्ध सवै उपाय गर्दा पनि रगत नरोकिएकोले म आफैं प्रा. डा. गुण कुमार श्रेष्ठ अप्रेशन गर्दा गर्दै अप्रेशन थिएटर वाट वाहिर निस्किएर विरामीको आफन्तलाई भेटि परिस्थीतिको सवै व्याख्या गरि विरामीको जिवन रक्षाको लागि उक्त मृगौला झिकिएको हो र उक्त झिकिएको मृगौला अस्पतालमा सुरक्षीत छ ।

सो पश्चात हामीसंग विरामीका आफन्तहरुले सौहार्दपुर्ण छलफल गरि राखेको मागअनुसार हामी अप्रेशन गर्ने चिकित्सक टिमको कुनै गल्ती नहुँदा पनि विरामी प्रति अस्पतालको सहानुभुती, सदासयता एवं मानवीय सहिस्णुताले गर्दा ति मागहरु प्रति सहमती गरिएको हो । यसमा कुनै डर, धम्की, दवाव दिईएको थिएन । हाल विरामी तर्फका व्यक्तीहरुले भनेको जस्तो घेरामा पारि सहमती गरेको होईन ।

यस पछि उपचार पश्चात विरामीलाई पुर्ण निको गराई डिस्चार्ज गरि पठाएकोमा त्यसैलाई कमजोरी ठानी पून ः विरामी एवं नीजका आफन्तहरुले सहमती पछिको करिव ३ हप्ता पछि पूनः अनेक माग राखि, अचानक तथ्यलाई तोडमरोड गरि अस्पताल र हामी अप्रेशन गर्ने चिकित्सक टिमको वदनामी गर्ने, अस्पताल तोडफोड गर्ने धम्कीदिदै हिड्ने र हामीलाई भौतिक आक्रमणको धम्कीदिदै हिड्ने गरेको हुंंदा हामी चिकित्सकको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सील, नेपाल यूरोलोजी सोसाईटी, नेपाल सर्जिकल सोसाईटी लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै घटनाको सत्य तथ्य बुझि सो अनुसारको भूमिका निर्वाह गरिदिनु हुन सवैमा हार्दिक अपिल गर्दछौ ।

विगत २५ वर्ष देखि लगातार शिक्षण अस्पताल महाराजगंजमा युरो सर्जरीको प्राध्यापक भई हजारौ विरामीको मृगौलाको अप्रेशन गर्दै आएको र नेपालमै पहिलो पटक मृगौला प्रत्यारोपण गर्ने प्रा.डा. गुण कुमार श्रेष्ठको सर्जिकल टिमलाई र मनमोहन मेमोरियल शिक्षण अस्पताल जस्तो अत्यन्तै पवित्र संस्थालाई हदै सम्मको सम्वेदनशिल, कल्पना पनि गर्न नसकिने, कपोकल्पीत आधारहिन आरोपहरु लगाई वदनाम गर्ने व्यक्ति वा संस्थाको सुनियोजीत योजना अनुसारको यो प्रचार प्रसार प्रति घोर भत्र्सना गर्दै देशभरका स्वास्थ्यकर्मीहरु, स्वास्थ्यसँग सम्वन्धीत संघ, संस्थाहरु, पत्रकार मित्रहरु एवं आम जनसमुदायसँग हामीलाई लगाईएको झुटा लान्छना विरुद्ध एक हुन आव्हान गर्दछौ ।

प्रा.डा. गुणकुमार श्रेष्ठ
वरिष्ठ युरोलोजिस्ट

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot