Logo

बागलुङको ताराखोला सिमानामा अवस्थित डुडेलेक ओझेलमा



बेनी (म्याग्दी), २२ असार । मालिका गाउँपालिकाको रुम र बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

बहुमूल्य जडीबुटी, भिरमौरीको बासस्थान, विभिन्न प्रजातिका पन्छी र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण उक्त लेक जिल्लाकै अति विकट ठाउँमा रहेको छ । पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रचारको अभावमा सो ठाउँ ओझेलमा परेको हो ।

रुमको बेली गाउँबाट करिब पाँच घन्टाको दूरीमा रहेको डुडेलेकबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पति प्रसस्त पाइन्छ । भिरमौरीको मह सिकारका लागि डुडेलेक उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने स्थानीयवासी टेकबहादुर पुन बताउनुहुन्छ ।

लेकमा गाउँपालिकाअन्तर्गत पर्ने निस्कोट, दरवाङ, ओखरबोटलगायत आसपासका क्षेत्रबाट बेलाबेलामा शैक्षिक भ्रमण तथा वनभोज खान आन्तरिक पर्यटक आउने गरेका छआन्तरिक पर्यटक आउने गरेका छन् । लेकलाई धार्मिक, पर्यटकीय तथा मह शिकारको गन्तव्य बनाएर आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने बेलीकी विष्णु पुन मगर बताउनुहुन्छ ।

डुडेलेकमा मृग, रतुवालगायत वन्यजन्तुसमेत देख्न पाइन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot