Logo

एण्डी मरे र रफाईल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा



काठमाडौं, असार २२ । शीर्ष खेलाडीहरु एण्डी मरे र रफाईल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् ।

दोस्रो चरणमा जर्मनीका डस्टीन ब्राउनलाई ६-३, ६-२ र ६-२ को सोझो सेटमा हराउँदै ब्रिटिस खेलाडी मरे तेस्रो चरणमा पुगेका हुन् । यसैगरी स्पेनका नदालले दोस्रो चरणमा अमेरिकाका डोनाल्ड योङलाई ६-४, ६-२ र ७-५ ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरे ।

वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस विम्बल्डनको पुरुष एकलतर्फका अन्य खेलहरुमा विजयी हुँदै अमेरिकाका स्याम क्वेरे, फ्रान्सका जो विल्फ्रेड सोङ्गा, क्रोएसियाका मारिन सिलिच, जापानका केई निसिकोरीलगायतका खेलाडीहरु पनि तेस्रो चरणमा उक्लेका छन् ।

उता महिलातर्फ अमेरिकाकी भेनस विलियम्स, ब्रिटेनकी योहाना कोन्टा, रोमानियाकी सिमाने हालेप र बेलारुसकी भिक्टोरिया अजारेन्का पनि तेस्रो चरणमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot