Logo

भरतपुर महानगरपालिकाको मतगणनाको विषयमा आज सुनुवाई हुँदै



काठमाडौं, २३ असार । चितनकाु भतरपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणनाका विषयमा आज सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ हुँदैछ ।

उक्त मुद्दाको पेशी ७ नम्बरमा परेको छ । निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि आज सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।



प्रतिक्रिया दिनुहोस्