Logo

संसदको चुनाव ०७५ जेठमा गर्नेदेखि लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनेसम्म देउवाको तीन विकल्प



काठमाडौं, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा तीनवटै निकायको निर्वाचन गर्ने अठोट लिएका छन् । उनले आफ्नो कार्यकालमा तीन ओटा महत्वपूर्ण काम गर्ने योजना बनाएका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अर्थात असोज अघि नै संविधान संशोधन गर्न पहल गर्ने देउवाको चाहना रहेको छ ।

त्यस्तै उनले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगपनि नियमित वार्ता तथा सम्वाद गरिरहेका छन् । यो बीचमा एमालेलाई मनाउन लाख कोशिस गर्ने सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रको तयारी रहेको छ । यदि संविधान संशोधन भएन भने असोज २ गतेको चुनाव जसरी पनि गराउने देउवाको भित्री योजना छ ।

उच्च स्रोतका अनुसार ब्यवस्थापिका संसदको म्याद थप गर्नेबारे पनि सत्तारुढ दलले प्रस्ताव गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संसदको म्याद थप्नेबारे भित्री रुपमा प्रस्ताव गरेकोपनि खुल्न आएको छ ।

संबिधानले तोकेको समयसीमा अनुसार नै चुनाव गराउन नसकिने अवस्था आए उनले आगामी ०७५ सालको जेठमा प्रतिनिधि सभाको निर्वाचन गर्नेगरि देउवाले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको पनि बुझिएको छ ।

प्रदेश र केन्द्रिय संसदको चुनाव आफ्नै नेतृत्वमा गराउने उनको तयारी छ । उनले यही माघ ७ गतेभित्रै मिति घोषणा गरेर ०७५ जेठमा प्रतिनिधि सभाको चुनाव गराउने त्यो पनि आफ्नै नेतृत्वमा ।

प्रतिनिधि सभाको चुनाव सकिएपछि सरकारको नेतृत्व उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने तयारी गरेका छन् । स्रोतले भन्यो,‘प्रधानमन्त्रीको प्रस्ताव ब्यवस्थापिका संसदको म्याद एक बर्ष थप्ने, आगामी माघ प्रदेश र २०७५ को जेठमा केन्द्रीय संसदको चुनाव गरौं भन्ने छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot