Logo

बाग्मती सरसफाई अभियानमा ऋषि धमलापनि



काठमाडौ, २४ असार । सहरी विकासमन्त्री प्रभु साहले बाग्मती सफाई गर्नको लागि विशेष नयाँ गुरुयोजना ल्याउने प्रतिबद्धता जनाएका छन् ।

शनिबार बाग्मती सफाई अभियानको क्रममा प्रतिक्रिया दिँदै मन्त्री साहले यस्तो बताएका हुन् । उनले बाग्मती नेपालको सुन्दरताको प्रतिक भएकोले यसलाई सफा र स्वच्छ बनाउनको लागि सरकारले विशेष गुरुयोजना ल्याउने जानकारी दिए ।

राष्ट्रिय युवा परिषद नेपालले आयोजना गरेको सफाई अभियानमा सम्बोधन गर्दै धमलाले बाग्मती सरसफाईलाई निश्कर्षमा पुर्याउन र सुन्दर, सफा, हराभर र स्वच्छ नदि बनाउने प्रण सुरु भएको जनाए ।

उनले भने,‘बाग्मती सरसफाईको लागि रिपोर्टर्सि क्लबको तर्फबाट राष्ट्रिय बहस सुरु गर्छु, वाग्मती सबै नेपालीहरुको आस्थाको धरोहर हो, देशको मुहार फेर्न सकिन्छ, मुहान नै सफा बनाउनुपर्छ, आफ्नो घर सफा र स्वच्छ गर्नेले बाग्मती किन सफा गर्न सकिदैन् ?’

उनले ढल व्यवस्थापन लगायतका विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्