Logo

संविधान संशोधनको अन्र्तवस्तुमा सहमति हुन्छ भने हामी प्रस्ताव पारित गर्छौं : मण्डल



काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको तर अन्र्तवस्तुमा सहमति भए प्रस्तावको पक्षमा मतदान गरेर पारित गर्ने स्पष्ट पारे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मण्डलले भने,‘एमाले संशोधनको बाधक होईन, हामी संविधान संशोधन प्रस्तावको अन्र्तवस्तुमा नयाँ सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं।’ उनले आफ्नो पार्टी तराई मधेशमै हुर्किएको पार्टी भएकोले मधेशी जनताको माँग पूरा गर्न तयार रहेको बताए ।

यद्धपी उनले संशोधन प्रस्ताव तयार पार्दा आफ्नो दलसँग कुनै छलफल तथा परामर्श नै नगरिएको गुनासो पोख्दै भने,‘प्रस्ताव ल्याउँदा कुनै छलफल नगर्ने अनि पास गराउन आवश्यक पर्दा भन्ने गरिएको छ, सत्तापक्षको नियतमा नै खोट छ।’ उनले प्रस्ताव एमालेलाई नसोधी ल्याउने अनि पास गराउन आनाकानी गर्ने गरेकोले सत्तापक्षको नियतमाथि प्रश्न उठाए।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता मण्डलले आफ्नो पार्टीलाई हली र गोठालो ठानिए कुनैपनि हालतमा सहमत नहुने तर संविधान संशोधनको अन्र्तवस्तुमा सहमति खोजिए पास गराउन तयार हुने जिकिर गरे । उनले एमालेको विश्वास जिते संशोधन प्रस्ताव पास हुने जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot