Logo

पशुपतिनाथका गुरु दक्षिणामार्ग मुर्तिको द्वार सर्वसाधारणका लागि खुला



काठमाडौं २५ श्रावण । आज गु अर्थात अन्धकार, रु अर्थात प्रकाश अन्धकारलाई हटाई प्रकाश दिने दिन गुरु पूर्णिमा विभिन्न मठमन्दिर, स्कुल, क्याम्पसहरुमा विभिन्न कार्यक्रम गरि मनाईँदै छ ।

आजैका दिन आराध्यदेव महादेव भगवान पशुपतिनाथका पनि गुरु दक्षिणामार्ग मुर्ति (गुरु मन्दिर) को द्वार सर्वसाधारणका लागि खुला गरिएको छ ।
नित्य पूजा गरिए पनि वर्षको एक दिन आजैमात्र मन्दिर सर्वसाधारणका लागि मन्दिर खोलिने जानकारी पूजारी चण्डीकानन्द उपाध्यायले जानकारी दिए ।

आजभन्दा तीन वर्ष पहिले पशुपतिनाथ मन्दिरका पूजारी विश्वनाथ उपाध्यायले सन्यासीको रुप धारणा गर्दै गुरु मन्दिरको मन्दिर निर्माण गरिएको बताईन्छ ।
दक्षिणामार्ग गुरु घनघोर जङ्गलमा बसी ऋषिमुनिहरुलाई तत्वज्ञान दिने गर्नुहुन्थ्यो भन्ने भनाई रहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्

Screenshot