Logo

मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट, सुझाब वेवास्ता गरेको गोल्छाको आरोप



काठमाडौं, २५ असार । नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति निजी क्षेत्रले असन्तुष्टी जनाएको छ । आइतबार सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्न नसकेको बताएका हुन् ।

उद्योगि व्यवसायीले आर्थिक वृद्धिदरको लक्ष्य हासिलदेखि बैँकिङ तरलता समाधानसम्मको उपाय मौद्रिक नीतिले खोज्न नसकेको आरोप लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले निजी क्षेत्रलाई निराश पारेको भन्दै आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तीको लागि पनि नीति महत्वपूर्ण नभएको बताए ।

गोल्छाले बैँकको व्याजदर घटाउनका लागि राष्ट्रबैँकलाई सुझाव दिए पनि त्यसको सुनुवाई नभएको आरोप लगाएका छन् ।

यस्तै, नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश अग्रवालले मौद्रिक नीतिका कारण निजी उद्योगि उत्साहित हुन नसकेको बताए ।

उच्च व्याजदर र तलरता अभाव जस्ता समस्या नीतिले सम्बोधन गर्न नसकेको अग्रवालको दाबी छ । अग्रवालले बजेट कार्यान्वयनलाई समेत सहयोग गर्न नसक्ने नीति आएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot