Logo

गुरुपूर्णिमाको दिन पत्रकार धमलाले यसरी सम्झिए गुरुलाई



काठमाडौं, २५ असार । मुख्यसचिव डा. सोमलाल सुवेदीले गुरुहरुको सम्मान गर्न सकेमात्रै आजको दिन अर्थात गुरुहरुको साँच्चिकै सम्मान हुने बताएका छन् ।

आईतबार जीवन विज्ञानले गुरुपूर्णिमाको अवसर पारेर आयोजना गरेको गुरुपूर्णिमा महोत्सवमा सम्बोधन गर्दै मुख्यसचिव सुवेदीले नेपालमा पनि यस्ता खाले कार्यक्रमहरु भएकोले नेपालीहरुको आफ्नै किसिमको मौलिकता रहेको भन्ने सन्देश जाने बताए । उनले भने,‘गुरुपूर्णिमाको बाहृय प्रभाव अझै छैन, गुरुहरुमाथि सम्मान बढेको छ ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आमाबुवापछि आफूले गुरुको सम्मान गर्ने बताए । उनले भने,‘यो धर्तीमा मेरा आमाबुवा हुनुहुन्न, मैले यो देशपछि सबैभन्दा बढि सम्मान गुरुहरुलाई नै गर्ने हो।’ धमलाले पछिल्लो समय नेपाली समाजमा प्रेमको अभाव रहेको समेत चिन्ता व्यक्त गरे ।

‘हाम्रो देशमा मनदेखि नै सम्मान गर्ने भाव ह«ोस भएको देखेको छु, भानुजीले अघि सारेको जीवन योग कार्यक्रमलाई म सम्मान गर्छु । जसले गुरुलाई आदर गर्छ, उही सफल हुन्छ । यसमा कुनै दुईमत छैन,’ उनले अघि भने,‘आज हामीले उहाँहरुलाई सम्झिन सकेनौं भने हाम्रो जीवनको के अर्थ हुन्छ ? त्यसैले हामी सबैले गुरुहरुलाई आदर, सम्मान र प्रेम गर्न सिक्नुपर्छ ।’’

उनले आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा जीवन विज्ञानका संस्थापकद्धय रमेश रिजाल र एल.पी. भानु शर्मा, मानवअधिकारकर्मी सुदिप पाठक र सञ्चारकर्मी टिकाराम यात्रीले गुरुको महत्वको बारेमा प्रकाश पारेका थिए ।

जीवन विज्ञानका संस्थापक शर्माले गुरुको खोज हामी आफैभित्र लुकेको सम्भावना, प्रतिभा र सार्थकताको खोज भएको बताउँदै भने,‘गुरु एक व्यक्ति मात्र होइन, सत्ता र सत्य हो ।’

गुरुपूर्णिमा महोत्सवको उद्धघाटन् भने जीवन विज्ञानकी अध्यक्ष तेरी शर्माले गरेकी थिईन् । कार्यक्रममा चर्चित गायकद्धय रामकृष्ण ढकाल र शिशिर योगीले गीत गाएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot