Logo

सर्जक संग्रौलाको निर्देशनमा नयाँ गीत बजारमा – भिडियो सहित



काठमाडौं, २६ असार । इन्दिरा प्रयासको शब्द र रमेश संग्रौलाको संगीतमा नव गायिका यदु राई लकान्द्री नेपाली संगीतमा नयाँ गायिकाको आशलाग्दो आवाजका रुपमा उदाएकी छन् । संगीतकार तथा गायक समेत रहेका रमेश संग्रौलाकै निर्देशनमा बनेको भिडियो सहित उनको मीठो आवाज युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने संगीतकार तथा गायक संग्रौलाकै निर्देशनमा रविन शंकरको कोरियोग्राफीलाइ मुकेश हुमागाईंद्वारा छायांकन गरिएको भिडियोमा नायिका सरला थापाको साथमा एन.टि.भि तथा रेडियो नेपालमा प्रसारणहुने दुई छुट्टा छुट्टै कार्यक्रमका संचालक समेत रहेका दिपक चामलिङको आकर्षक अभिनय रहेको छ ।

संचार माध्यममा चिर परिचित नाम दिपक चामलिङको साथमा एकै परिवारका तीन जनाले एउटै गीतमा तिन फरक प्रतिभा प्रस्तुत गरिएको यस म्युजिक भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका हुन् ।

मोडेल चामलिङ राई , गायिका यदु राई र बाल कलाकार एलिपज एकै परिवारका सदस्यहरु हुन् । भिडियोमा अजय र एलेक्सले समेत अभिनय गरेका छन् ।

दिया मेडिया प्रालिको प्रस्तुति रहेको भिडियोको अडियो ओपल रेकर्डिङ स्टुडियोमा तयार पारिएको संगीतकार संग्रौलाले बताए ।संगीतमा डिप्लोमा सम्मको अध्ययन पुरा गरेकी गायिकाले तबला बादनमा पनि तालिम प्राप्त गरेकी छन् ।

https://www.youtube.com/watch?v=7-mrVdsegT0

 



प्रतिक्रिया दिनुहोस्