Logo

पत्रकार धमलाले समयको ख्याल गर्नुपर्यो भनेपछि गगन थापा अक्क न बक्क !



काठमाडौं, २६ असार । सोमबार राजधाानीको वीर अस्पताललाई अष्ट्रिया नेपाली समाजले ३ सय ७० थान गाउन प्रदान गर्यो । गाउन हस्तान्तरण कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापा प्रमुख अतिथि बनेका थिए ।

स्वास्थ्यमन्त्री हुँदादेखिनै तोकिएको समयमा कार्यक्रमहरुमा बिरलै पुग्ने उनी आजपनि एकघण्टाभन्दा ढिला गरि कार्यक्रमस्थलमा पुगे । सँधैजसो कार्यक्रम आयोजकलाई कुराउने थापाले एकघण्टाभन्दा बढी कुराएपछि कार्यक्रमस्थलमा पुगेका पत्रकार ऋषि धमला छट्पटी गर्दै भित्र बाहिर गर्न थाले ।

उनलाई पनि कार्यक्रममा अतिथि बनाएर बोलाइएको रहेछ । बिहान साँढे ९ बजेका लागि तोकिएको कार्यक्रम झण्डै पोने एघारमा गगन थापा आएसँगै सुरु भयो । त्यसपछि कार्यक्रममा बोल्ने क्रममा पत्रकार ऋषि धमलाले गगन थापालाई ‘टाइम म्यानेजमेण्ट’मा ध्यान दिन सुझाव दिए ।

उनले गगन थापा सबै किसिमबाट स्मार्ट भएपनि सँधै कार्यक्रमहरुमा ढिला पुग्ने गरेको र उपस्थित भएकाहरुलाई कुराउन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पूर्वमन्त्री थापालाई टाइममा पंक्चुअल हुन अनुरुोध गरे । हेरौं भिडियो ।

 



प्रतिक्रिया दिनुहोस्