Logo

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त



काठमाडौं, २६ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टराईलाई सल्लाहकारमा नियुक्त गरेको हो । परराष्ट्रविद् भट्टराई यसअघि पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको पनि विदेश मामिला सल्लाहकार थिए ।

प्रधानमन्त्री देउवाले सल्लाहकार नियुक्त गरेको यो पहिलो हो । प्रधानमन्त्री भएको एक महिना भइसके पनि सल्लाहकार र सहयोगी नियुक्त गर्न नसक्दा प्रधानमन्त्रीको काम कारबाहीले तीव्रता पाउन नसकेको गुनासो निकै बढेको छ ।



प्रतिक्रिया दिनुहोस्