Logo

अझै उत्साहित हुन सकेनन् शेयर लगानीकर्ता, सोमवार करिब ९ अंकको गिरावट



काठमाडौं, २६ असार । आइतबार मौद्रिक नीति सार्वजानिक भएसगै साताको पहिलो दिनदेखि नेप्सेमा खासै प्रभाव परेको छैन् । आइतबार विभिन्न उतारचढावका साथ सामान्य अंकले उकालो लागेपनि सोमबार भने लगानीकतालाई निराश बनाएको छ । सोमबार नेप्से परिसुचकमा ८ दशमलव ९३ अंकले गिरावट आएको छ । सोमबारको कारोबारमा बजार खुलेदेखि लगातार घटेको बजार बीच समयमा सुध्रिए पनि कारोबार बन्द हुँदा लगानीकर्तालाई निराश बनाएको थियो । नेप्से परिसुचक ८ दशमलव ९३ अंकले ओरालो झरेर १हजार ५ सय ७५ दशमलव २२ को बिन्दुमा बजार बन्द भएको छ ।

त्यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि २ दशमलव १३ अंकले ओरालो लागेर ३ सय ३४ दशमलव ६२ अंकमा बन्द भएको छ । सोमबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । १ सय ५० कम्पनीको कारोबार भएको दिन १ हजार पाँच सय ७५ दशमलब दुई दुई अंकमा पुगेको छ ।

समग्रमा शुन्य दशमलब पाँच छ प्रतिशतले घटेको दिन मंगलबार ६९ करोड ३५ लाख ९७ हजार ५ सय ४१ रुपैयाँ बराबरका शेयर किनबेच भएको हो । सोमबार ५ लाख १ हजार कित्ता सेयर खरिदविक्री भएको छ । आइतबारको तुलनामा कारोबार रकम ४३ करोड कमी रहेको छ । कारोबार भएका समुहमध्ये उत्पादन तथा प्रशोधन समुह बाहेकका सबै समुहको परिसुचक नकारात्मक देखिएका छन् । उत्पादन तथा प्रशोधन समुह भने पचपन्न दशमलब सात पाँच अंकले उकालो लागेर २ हजार ४ सय दशमलव ३१ अंकमा बन्द भएको छ ।

त्यसैगरी सोमबारको कारोबारमा सबैभन्दा धेरै होटल समूह आठ दशमलब सात पाँच अंकले ओरालो लागेको छ । त्यसैगरी विकास बैँक एघार दशमलब पाँच चार, जलविद्युत सोह्र दशमलब पाँच तीन, फाइनान्स तीन दशमलब शुन्य सात, इन्स्योरेन्स ५९ दशमलब छ तीन र अन्य समुह चार दशमलब शुन्य चार अंकले घटेको छ । सोमबार सबैभन्दा बढी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीको शेयर मूल्य आठ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यसैगरी प्रोग्रसिभ फाइनान्सको शेयर मूल्य सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले घटेको छ । सोमबार सबैभन्दा बढी कारोबार हुनेमा सोल्टी होटल लिमिटेड रहेको छ । कम्पनीको सात करोड ३३ लाख ६५ हजार ६४१ रुपैयाँको शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्