Logo

भेट टाइम्सको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न



काठमाडौं, २६ असार । भेट टाइम्स मिडिया प्रालिको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न भएको छ । नेपाल सरकारले पशुपंक्षि विकास मन्त्रालय अन्तरगत पशुपंक्षि विभागको पशुपंक्षि बजार प्रवद्र्धन निर्देशनालयको सहकार्यमा फेस्टिभल गरिएको हो ।

चिकेन फेस्टिभल २०७४ नाम दिइएको फेस्टिभल ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालको हलमा सम्पन्न भएको हो । सोमवार भएको फेस्टिभलमा पाटन अस्पतालमा उपचार गरिरहेका विरामी तथा विरामीका कुरुवाहरुलाई पौष्टिक आहारको रुपमा चिकेनको परिकार निःशुल्क वितरण गरिएको थियो ।

विरामीलाई पौष्टिक आहारको रुपमा चिकेनको परिकार निःशुल्क वितरण गर्दै 

कुखुराको मासुबाट बन्ने विभिन्न परिकारहरु फेस्टिभलमा वितरण गरिएको छ । चिकेनको उपभोग बढाउनु र बिरामिको उपचारको साथै बिरामिलाई पोषक तत्वको आवश्यक पर्ने हुनाले यससम्बन्धमा सन्देश दिने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक भेट टाइम्सका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाईको भनाई छ ।

नेपालमा मासुको प्रयोग स्वस्थकर तरिकाले हुन नसकेको भन्दै प्रसाईले मासु उत्पादकहरुले पनि यस्ता मेला आयोजना गरेर स्वस्थ मासुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिुनभएको छ । फेस्टिभलको सह आयोजक पशुपंक्षि बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक बलराम थापाले वार्षिक कार्यक्रम अन्तरगत चिकेन फेस्टिबल गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निर्देशनालयले प्राथमिकतामा राख्ने बताउनुभयो ।

थापाले महत्वपूर्ण कार्यक्रम भेट टाइम्सको सहकार्यमा गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो । पशुपंक्षी विकास मन्त्रालयका युवकध्वज जोशीले नेपालको कुखुरा व्यवसाय प्रवद्र्धन गर्नका लागि यस्ता मेला सहयोगी हुने बताउँदै मन्त्रलयले मेलालाई सकारात्मक रुपमा लिएको बताउनुभयो । जोशीले आगामी दिनमा पनि कृषि क्षेत्रको उत्पादन बढाउनका लागि मेला तथा फेस्टिभललाई बढावा दिनुपर्ने र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभयो ।
फेस्टिभलका अवसरमा पाटन अस्पतालमा उपचार गरिरहेका विरामी तथा विरामीका कुरुवाहरुलाई पौष्टिक आहारको रुपमा चिकेनको परिकार निःशुल्क वितरण गरिएको थियो । अस्पतालको शैयामा उपचारार्थ विरामीलाई कुपन प्रणालीबाट चिकेनका परिकार वितरण गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot