Logo

सलमानखानको फिल्म फ्लप, वितरकलाई उल्टै ५५ करोड दिनुप¥यो



काठमाडौँ, २७ असार । सलमान खानको फिल्म ’ट्यूबलाइट’ रिलिजभन्दा अगाडि अनुमान लगाइएको थियो कि यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने छ तर फिल्मले यस्तो कुनै रेकर्ड बनाएन । यसले फिल्मका डिस्ट्रीब्यूटर्सलाई निकै ठूलो धक्का लाग्यो ।

फिल्मले आफ्नो लगानी सुरक्षित गर्नका लागि २ सय करोडको विजनेश गर्नुपर्ने थियो तर १ सय ५० करोडमा नै थन्कियो । खबरका अनुसार, आफ्नो नोक्सानको भरपाईका लागि डिस्ट्रीब्यूटर्स हालैमा सलमान खानको घर गएका थिए ।

डिस्ट्रीब्यूटर्सले भनेका थिए कि यो फिल्मबाट निकै ठूलो नोक्सान भयो, जसको भरपाई सलमान खानले गर्नुपर्छ । भारतीय मिडियाका अनुसार, सलमान आफ्नो फिल्मका डिस्ट्रीब्यूटर्सलाई ५५ करोड दिन तयार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot