Logo

संविधान संशोधन प्रक्रिया अवरुद्ध गर्नु संसदीय अभ्यास विपरित हो भन्ने एमालेले बुझ्नुपर्छ : रमेश लेखक



पछिल्लो समय संविधान संशोधनको विषय निकै पेचिलो बन्दै गएको छ । सत्तारुढ दल संविधान संशोधन गरेर मधेशी दललाई खुशी बनाउनुपर्छ भन्नेमा छ । प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधनप्रति विमति राख्दै आएको छ । प्रमुख दलहरुबिच एकमत हुन सकेको छैन । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेपाली कांग्रेसका नेता रमेश लेखकसँग कुराकानी गर्नुभएको छ । नेता लेखकले धमलासँगको अन्तरवार्तामा संविधान संशाधन जरुरी रहेको कुरालाई जोड दिनुभएको छ । अन्तरवार्ताको अन्तरवस्तु यहाँ प्रस्तुत गरिएको छ ।

देशलाई निकास दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यसुचि के रहेको छ ?
राष्ट्रिय एजेण्डाहरु पहिले नै तय भइसकेका छन् । संविधानले तोकेको समयसिमा भित्र स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेश सभाको चुनाव र संघिय संसदको निर्वाचन नै अहिलेको प्रमुख कार्यसुचि हो । अर्को भनेको संविधान संशोधन गरेर मधेशी दललाई पनि चुनावमा सहभागि गराउने हो ।

रमेश लेखक, नेता, नेपाली कांग्रेस

नेकपा एमालले संविधान संशोधन गराउन दिदैनाँै भनेको छ । कसरी हुन्छ ?
एमालेले त पहिलेदेखि नै संविधान संशोधनको विरोध गरिरहेको छ । यो कुरा नयाँ होइन । संविधान संशाधनको विषय निर्वाचन सम्पन्न गर्ने र बहुसख्यक राजनीतिक दललाई निर्वाचनमा सहभागि गराउने कुरासँग जोडिएको छ । त्यसैले संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित छ । त्यसैले राजनीतिक निकासका लागि संविधान जरुरी छ । एमालेले सहयोग गर्नैपर्छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेश सभाको चुनाव र संघिय संसदको निर्वाचनका लागि सरकारले के गरिरहेको छ ?
सरकार चुनावका लागि गृहकार्यमा जुटिसकेको छ । सोमवार पनि मन्त्रीपरिषदले निर्वाचनसम्बन्धी दुईवटा महत्वपूण विधेयक पास गरेको छ । अब व्यवस्थापिका संसदमा प्रस्तुत गर्नका लागि तयार छ । संघिय संसद, प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनसँग सम्बन्धित कानुनलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

संविधान संशोधनको विषय किन यति धेरै पेचिलो बनिहेको छ ?
व्यवस्थापिका संसदमा संविधान संशोधनको विषय लामो समयदेखि विचाराधिन अवस्थामा छ । विचाराधिन अवस्थामा रहेको विषयलाई टुङ्गोमा पु¥याउनुपर्छ ।

एमालेले प्रक्रियामा नै लैजान नदिने भनेको छ । कसरी निष्कर्षमा पु¥याउने ?
प्रक्रियामा नै लैजान दिन्न भन्नु गलत हो । चित्त नबुझेको वा उचित नलागेको विषय छ भने संसदभित्र मतदान गरेर आफ्नो कुरा व्यक्त गर्ने हो । प्रक्रिया नै अवरुद्ध गर्न खोज्नु संसदीय अभ्यास विपरित हो भन्ने एमालेले बुझ्नुपर्छ ।

संशोधन गर्न खोजिएका भाषा, नागरिकता, सिमाङ्कन लगायतका विषय राष्ट्रघाती छन् भन्ने एमालेको बुझाई छ । संशोधनको औचित्य कसरी पुष्टी गर्न सक्नुहुन्छ ?
राष्ट्रघाती हो वा होइन भन्ने कुरा एमालेले भनेर पुष्टी हुने कुरा होइन । त्यसलाई त संसदमा छलफल गरेर पुष्टी गर्न सक्नुपर्छ । देशव्यापी रुपमा पनि छलफल गर्न सकिन्छ । व्यवस्थापिका संसदले नै संविधान संशोधन गर्ने हो । पक्ष र विपक्षमा स्वतन्त्र मतदान हुन्छ । प्रक्रियामा लान दिन्न भन्नु अज्ञानता हो । त्यसैले प्रक्रियामा जानका लागि एमालेले अवरोध गर्दैन भन्ने विश्वास छ ।

संविधान संशोधनको एजेण्डा लिएका दललाई स्थानीय चुनावमा जनताले मतदान किन गरेनन् ?
निर्वाचनको नतिजालाई संविधान संशोधनसँग जोड्न मिल्दैन । संविधान संशोधन गर्न वा नगर्नका लागि गरिएको चुनाव होइन । स्थानीय तहमा जनप्रतिनिधी चयन गर्ने र विकास निर्माणका कामलाई तिब्रता दिनका लागि गरिएको चुनावमा दिएको मतदानले संशोधनलाई प्रभाव पार्दैन ।



प्रतिक्रिया दिनुहोस्