Logo

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी



काठमाडौं, २७ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ्

मंगलबार विहानै प्रमुख तीन दलका शीर्ष नेताहरु बालुवाटार भेला भएका हुन् । संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले संविधान संशोधनमा सहयोग पुर्याउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । तर एमाले अध्यक्ष ओलीले जवाफमा अहिले सहमतिय सरकार गठनको लागि आग्रह गरेका हुन् । देउवाले तत्काल संशोधन प्रस्ताव पारित गराएर जाने हो भने राष्ट्रिय सहमतिय सरकार गठनको लागि आफूले पहल गर्ने वचन दिएको स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता उपस्थित छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्