Logo

चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ, २७ असार -भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको छ ।

रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोही अनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot