Logo

बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती



जाजरकोट, २८ असार । बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्ससमेत जिल्ला अस्पतालमा आउन सकेको छैन् ।

विगत एक महिनादेखि भत्किएको उक्त बाटोे मर्मत हुन नसक्दा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई करिब चार सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता रहेको छ ।

उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सुब्बा लमबहादुर खड्काले बताउनुभयो ।

तीन वर्षअघि खलङ्गा रिम्ना सडकअन्र्तगत पर्ने उक्त सडकसँग जोडेर बैकल्पिक बाटो निर्माण गरे पनि अहिले त्यो पनि सञ्चालनमा आउन सकेको छैन् ।

अहिले दैनिक बिरामी बोकेर अस्पताल ल्याउने गरिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्