Logo

निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलायो



काठमाडौं, २८ असार । निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलको लागि आज आयोगमा बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बोलाएको बैठकमा सबै दलका शीर्ष नेताहरुको सहभागिता रहेको स्रोतले जानकारी दियो । आउने साउन १ गतेदेखि १५ गतेसम्म निर्वाचन मतदाता नामावली दर्ताकोलागि छलफलको लागि आयोगले दलका नेताहरुलाई बोलाएको आयोगका प्रतिनिधिले जानकारी दिए ।
त्यस्तै आयोगका अनुसार दुई नम्बर प्रदेशको प्रदेश सभाको निर्वाचनमा अहिलेको मतदाता नामावली प्रयोग गर्न नपाईनेपनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot