Logo

संविधान संशोधन नभए चुनावमा भाग लिँदैनौं : गुप्ता



काठमाडौं, २८ असार । राजपाका नेता वृजेशकुमार गुप्ताले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारे ।

उनले भने,‘संविधान संशोधन भएन भने हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, राजपाले चुनावमा भाग लिँदैन्।’

गुप्ताले संविधान जारी गर्दा तीन ठूला दलका नेताहरुले सदनमा सम्बोधन गरेर संविधानमा केही त्रुटिहरु भएका छन् र यसलाई सम्बोधन गर्ने भनेर वाचा गरेको स्मरण गराउँदै भने,‘उहाँहरुले सदनमा बोल्नुभएको थियो, हुन त संविधान जारी गरेको अर्थात मसी सुक्न नपाउँदै उहाँहरुले नै पहिलो संशोधन गर्नुभएको हो, त्यो पनि एमालेको सहमतिमा।’

उनले दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएको समेत जिकिर गरे । उनले भने,‘५ नम्बर प्रदेशमा केही साथीहरुले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका हुन्, तर राजपाले निर्वाचनमा भाग लिएको होईन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot