Logo

हिरासतमा रहेका शर्मालाई अदातल उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौ, २८ ।असार आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई शुक्रवार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको छ ।

आयोगले शर्मालाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो । न्यायाधीश पुरुषेत्तम भण्डारीको एकल इजलाशले अख्तियारलाई सो आदेश दिएको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले मंगलवार सर्वोच्चमा रिट हालेकी थिइन् । अख्तियारले उनीसँग ३ अर्ब २ करोड २२ लाख ५० हजार ४ सय ३९ रुपैयाँ ६६ पैसा धरौटी रकम मागेको थियो । रिटमा शर्मासँग अमानविय हिसावले धरौटी मागेको समेत उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot