Logo

हिमचितुवा सम्बन्धी शिखर सम्मेलनमा भाग लिन निम्तो



काठमाडौँ, २८ असार । उपप्रधानमन्त्री महरा र नेपालका लागि थाइल्यान्डका राजदूत भाकाभात टान्स्कुलबीच आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आर्थिक, सामाजिक एवम् आपसी चासोका विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्माबलम्बीका कारण दुई देशको सम्बन्ध प्रगाढ भएको बताउनुभयो । थाइ राजदूत टान्स्कुलले वर्षेनी ५० हजार पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै दुई देशबीच पर्यटन प्रवद्र्धनमा थप सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

परराष्ट्रमन्त्री महराले आजै किर्गिस्तानका गैरआवासीय राजदूत समरगिउल आदमकुलोभासँग आज भएको भेटवार्तामा दुई मुलुकबीच हावापानी तथा भौगोलिक रुपमा समानता रहेकाले एकार्काका अनुभवलाई आदानप्रदान गरेर अगाडि बढ्ने बताउनुभयो । राजदूत समरगिउलले आफ्नो देशमा हुन लागेको अन्तर्राष्ट्रिय हिमचितुवा तथा पारिस्थितिक प्रणालीसम्बन्धी शिखर सम्मेलन–२०१७ मा भाग लिन परराष्ट्रमन्त्रीलाई निम्तो दिनुभयो ।

त्यसैगरी परारष्ट्रमन्त्री महरा र नेपालका लागि इजराइली राजदूत यारोन मायरबीच आज भएको भेटवार्तामा इजरायलमा काम गर्दै आएका नेपाली कामदारका विषयमा छलफल भयो । सो अवसरमा राजदूत यारुनले नेपालबाट आफ्नो मुलुक गएका कामदारले उत्कृष्ट सेवा प्रदान गरेको जानकारी दिँदै त्यसलाई निरन्तरता दिने र नेपालसँग रहिआएको सम्बन्धलाई जनस्तरसम्म पु¥याउने बताएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्