Logo

भेनस विलियम्स विम्बल्डन टेनिसको फाइनलमा



काठमाडौं, असार ३० । अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् ।

विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउदै भेनस फाइनलमा पुगेकी हुन् ।कोन्टा विरुद्धको खेल भेनसले ६-४ र ६-२ को सोझो सेटमा जितिन् ।

पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस समग्र करियरमा भने नवौं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् ।भेनस विलियम्सले अब उपाधिको लागि स्पेनकी गार्बिने मुगुरुजासँग खेल्नेछीन् ।

सेमीफाईनलमा स्लोभाकियाकी माग्दालिना रिबारीकोभालाई हराँउदै मुगुरुजा फाईनलमा पुगेकी हुन् ।रिबारीकोभा विरुद्धको खेल मुगुरुजाले ६-१ र ६-१ को सोझो सेटमा जितिन् ।

विम्बल्डन टेनिसको पुरुष एकलतर्फका सेमिफाईनल खेलहरु आज हुनेछन् ।आज स्विस खेलाडी रोजर फेडेररले चेक गणतन्त्रका टामस बर्डीचसँग खेल्दा क्रोएसियाका मारिन सिलिच र अमेरिकाका साम क्वेरे भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot