Logo

अख्तियारले शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गरायो



काठमाडाैं, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पुर्‍याएको थियो । शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो ।



प्रतिक्रिया दिनुहोस्