Logo

रामचन्द्र पौडेलको चेतावनी : पार्टीमा देउवाले एकलौटी गर्दैछन्, त्यो प्रत्युपादक हुन्छ



सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरिरहेको आरोप लगाएका छन् । उनले देउवाको कामकार्यको ढ्रंगसँग आफू असन्तुष्ट रहेको समेत बताए । उनले भनेका छन्,‘यहाँ धेरै लुट चलेको छ । पार्टीको बद्नाम भएको छ ।’ नेता पौडेलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

रामहरी जोशीलाई कसरी सम्झनुहुन्छ ?

आज अत्यन्तै दुख लागेको छ । काँग्रेसका सादकी नेताको निधनले मर्मात बनाएको छ। २००७ साल देखि लोकतन्त्रको लागि लड्दै आउनु भएको योेद्धा हो। सम्मानका साथ उहाँको अन्त्यष्टि गर्दैछौँ ।

रामहरीजीजस्ता निष्ठावान नेताको काँग्रेसमा अब खडेरीपर्यो होईन त ?

विडम्बना भन्नुपर्छ । निष्ठावान नेताको कमि भएको होईन । तर काँग्रेस भित्र निष्ठावान व्यक्ति नेतालाई अघि आउन नदिने खेल चलेको छ । तर हामीले उहाँलाई राम्रै सम्मान गर्यौ । उहाँबाट हामीले धेरै सिक्यौ । शिक्षा मन्त्रालयमा रहदा शिक्षा क्षेत्रमा धेरै सुधार भएका छन् ।

उहाँ मधेशकोबाट नेतृत् वगर्ने नेता हुनुहन्थ्यो ? तर मधेशले निकास पाएन नि ?

मधेशका सबै नेताका गुरु हुनुहुन्थ्यो । उहाँ शिक्षाविद, समाजवादी राजनीतिज्ञ हुनुहुन्थ्यो । तराईलाई राष्ट्रिय राजनीतिको मुलधार भन्दा बाहिर नजाओस भन्नेमा उहाँ जीवनभर लाग्नुभयो । हामी पनि यसैमा लागेका छौँ । तराईमा विकास गर्न सजिलो छ। सरकारले तराईको विकासको लागि धेरै काम गरेको छ । ठुला योजना तराईमा सञ्चालन भैरहेका छन् ।

अब संविधान संशोधनको मुद्दा टर्यो, होईन त ?

हामीले प्रयास गरेका छौँ। एमाले यसमा बिरोध जनाईरहेको छ । हाललाई यो विषय अलि पर धकेलिएको छ । एमालेलाई मनाउन हामी लागिरहेका छौ । तराईका नेताले केही गम्भिरता देखाउन पनि सक्नुपर्छ । संविधानले धेरै दिएको छ । त्यसको सदुपयोग गरेको खण्डमा तराई जलमल हुन्छ ।

असोज २ गतेसम्मका लागि संविधान संशोधन सर्यो अरे नि ?

अहिले नै आशा नमारौ । हामी कोशिसमा छौँ।

सांसद संख्या थप्नेमा तपाईको विमति हो ?

मैले पहिले नै भनेको हो । फ्रान्सको राष्टपतिले के भनेका थिए भने सांसदको संख्या धेरै भएको खण्डमा उचित निर्णय लिन गाह्रो हुन्छ। सांसदको संख्यामा हेरेफेर हाम्रै पार्टीको केन्द्रिय समिति नै सानो हुनुपर्छ भनेको थियो । ३५ जना भन्दा केन्द्रिय समिति हुनपर्छ भनेर भन्ने पनि मै हुँ ।

काँग्रेसमा भागवण्डा छ नि त ?

भागवण्डा भन्दा पनि सामावेशिताको प्रसँग र सहभागिताको कुराले धेरै हुन पुगेको हो ।

सांसदका संख्या बढाउने प्रस्ताव प्रधानमन्त्री देउवाको हो भन्न खोज्नुभएको हो ?

प्रधानमन्त्री र मधेशवादी दलका नेताहरुले यस्तो प्रस्ताव ल्याएको हो । कान्तिपुरले रामचन्द्र पौडेलले संख्या थप्ने प्रस्ताव ल्याउनु भएको छ भनेर छापेको छ। पत्रकार पनि क्या गजब छन् ।

उसो भए तपाईले बढाउने भनेर भन्नु भएको होईन ?

मैले घटाउनु पर्छ भनेको हो । खण्डन गरेको हु ।

१६५ लाई कायम गर्नुपर्छ भन्नेमा तपाई हो ?

हो । अहिलेको भन्दा सके कम गरौ नभए यहाँ भन्दा बढि नबनाउ भन्नेमा म छु । जसले जे लेखेको पनि म संख्या थप्नेमा छैन् । काम गुणस्तर हुन्छ । सोनो आकारमा सांसद हुनुपर्छ भनेको छु ।

काँग्रेसले जताततै हारेको स्थितिमा काँग्रेसले समिक्षा गर्नुपर्दैन ?

मैले सधै भनेको छु । पहिलो चोटीको निर्वाचनको रिजल्टले गम्भिर बनायो । मैले गहिरो छलफल र तयारी गरौँ भने । सुदुर पश्चिममा सँधै काँग्रेसको जित हुन्थ्यो । यसपालि हामी पछि पर्यौँ । ४ नम्बर बाहेक हामी दोस्रो भएका छौ ।यस्तो किन भयो ? भोलिको चुनावमा काँग्रेसले के हालत व्यहोर्नुपर्ने हो ? यस्ता गम्भिर कुरा मैले नगरेको कहाँ होर ?

काँग्रेस विभाजित भनौ या गुटमा चल्ने गरेको छ नि ?

काँग्रेसलाई एक बनाएर अघि बढाउ भनेर भनेको छु । धेरैचोटी प्रधानमन्त्री बन्नुभएको व्यक्ति हो । केही साथीहरुलाई नजिक र टाढाको किन सोच्नुहुन्छ ? भनेर मैले धेरैचोटी भनेको छु ।

पार्टीको नेतृत्वसँग तपाईको असहमति छ ?

कामकार्यको ढ्रंगसँग म असन्तुष्ट छु । यहाँ धेरै लुट चलेको छ । पार्टीको बद्नाम भएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद गठन गर्न नसक्नुको एउटै कारण तपाई हो रे नि त ?

म कसरी हुने ? मैले तपाईलाई के लाग्छ ? त्यो गर्नुस भनेको छु । काम आफुले काम नगर्ने अरुको बदनाम गरेर हुन्छ ?

तपाईले नाम दिनुभएन अरे ?

कति चाहिने हो नाम ? त्यो भन्दा पहिले कसरी जाने के गर्ने त्यसको बारेमा छलफल हुनुपर्छ कि पर्दैन ? मैले संस्थागत आधारमा मन्त्रिपरिषद निमार्ण गरौँ भनेको छु ।

उसो भए तपाईले ४० र ६० को भाग खोज्नुभएको हो ?

तपाई कस्तो छुद्रा् कुरा गर्नुभएको हो ? मैले पार्टीको कुरा गरिरहेको छु । किन चाहियो ४० र ६० का कुरा ? पार्टीमा क्षमता भएका नेता छन् । योगदान दिएका नेता छन् ।

गुट छैन भन्नुहुन्छ तर तपाईहरू आफै मिल्नुहुँदैन ?

होईन । सभापतिले सल्लाह गर्नुहुन्न । हामीसँग बस्नुहुन्न त हामी के गरौँ । हामीले छलफल गरेर बसेको दिनमा रामचन्द्रको पक्षको भेला भनेर लेखिहाल्ने । अनि कसरी पार्टीको भलाई हुन्छ ? कसले के जिम्मेवार लिन तयार छ ? कुन कामको लागि योग्य छ ? अहिलेको आवश्यकता के हो ? त्यो बुझ्नु परेन ?

तपाई सभापतिलाई सहयोग गर्न तयार हुनुहुन्छ ?

पार्टी सभापतिलाई सहयोग नगर्ने कुरा हुन्छ र ?

पार्टीका सभापतिले ठीक ढंगबाट काम गर्नुभएको छैन् ?

छैन् ?
 

 



प्रतिक्रिया दिनुहोस्