Logo

७० प्रतिशत व्याक्टेरिया भएको पानी पिउँदैछन उपत्यकाका नागरिक



असार ३१, काठमाण्डौ । पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ । सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण बर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दैछन् । हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot