Logo

फुट्दै राप्रपा, पशुपतिलेशमशेरले दिए कमल थापालाई यस्तो चुनौति



असार ३१, काठमाण्डौ । पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एकतर्फी रूपमा भएको मनोनयनलाई षड्यन्त्रको संज्ञा दिनुभएको छ भने उहाँकै नेतृत्वमा अन्य प्रभावशाली नेताहरू थापाको प्रतिकारमा जुटेका छन् ।
परिआए थापालाई अध्यक्ष पदबाट हटाउने रणनीतिमा नेता लागेका छन् । थापाले एकपक्षीय रूपमा केन्द्रीय सदस्य मनोनयन गरेपछि राणाले एकीकृत पार्टी सञ्चालनका लागि षड्यन्त्र होइन, राजनीति गर्न चुनौती दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्