Logo

ऐतिहासिक सतपतिमाई ओझेलमा



नवलपरासी, ३१ असार । नवलपरासीको सुस्ता गाउँपालिकामा अवस्थित सतपति माइको ऐतिहासिकस्थल ओझेलमा परेको छ । उचित प्रचारप्रसार र सम्बद्र्धनको अभावमा धार्मिक र पर्यटकीय हिसाबमा यो महत्वपूर्णस्थल ओझेलमा परेको हो ।
सतपति माईको मन्दिरस्थल सबैको मनोकामना पूरा हुने आस्थाको केन्द्रविन्दु बनेको यो स्थल विशेषगरी माछापोखरीका कारण अझ प्रचलित छ ।

सो गाउँपालिका अन्तर्गत वडा– २ मा पर्ने रुपैलियामा रहेको सतपति माईको धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वका साथ हेरिन्छ ।

सतपति माइस्थल इतिहासको कालखण्डमा यो स्थानमा छवटा मात्र घर भएकाले सतपति माइको नाममा यसस्थलको नामाकरण भएको मन्दिरका पूजारी खिरामन चौधरीले बताउनुभयो ।

पोखरीको माछा यदि कसैले खाएमा उसको मृत्यु हुने मान्यता छ । केही वर्षअघि नेपाली सेनाका तीन जवानले माछा खाँदा उनीहरुको पनि मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।

पुरानो धार्मिकस्थल भए पनि हालसम्म संरचनाको हिसाबले खासै निमार्णका काम भएको छैन् । स्थानीयले श्रमदान गरेर सामान्य निर्माण गरेका स्थानीय भरत थारुले बताउनुभयो ।

नवलपरासीको सतपति माइसहित देशका अन्य पर्यटकीयस्थल यतिबेला ओझेलमा परेका छन् । तसर्थ सबै स्थानको पर्यटकीय विकासमा सरकारको ध्यान पुग्न जरुरी देखिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot