Logo

म मन्त्री बन्न लालयित छैन, बनाउने ठाउँमा छु : रायमाझी



काठमाडौं, ३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफू मन्त्री बन्न लालयित नभएको समेत जिकिर गरेका छन् । उनले भने,‘म मन्त्री पटक÷पटक भैसकेको छु, मन्त्री बन्न मैले प्रतिष्पर्धा गर्नुपर्दैन, म त मन्त्री बनाउने ठाउँमा छु, म संसदीय दलको उपनेता हुँ।’

नेता रायमाझीले अबका एक साताभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास व्यक्त गरे । उनले थपे,‘मलाई लाग्छ अबको एक हप्ताभित्रै सरकार विस्तार हुन्छ, हाम्रो पार्टीमा त मोटामोटी सहमति भैसकेको छ।’

संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले पहलकदमी लिएको भएपनि दुई तिहाईको सुनिश्चितता नभएका कारण प्रस्ताव पारित गराउन विलम्ब भएको उनको भनाई थियो । ‘संशोधनको बारेमा दलहरुवीच अझैसम्मपनि सहमति हुन सकेको छैन’, उनले अघि भने,‘सहमति भएको भए यसरी अड्किएर बस्दैन थियो।’

रायमाझीले अब संविधान संशोधनको एजेण्डामा अल्झिएर बसिरहन नहुने समेत जिकिर गरे । उनले भने,‘अब स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रिय संसदको निर्वाचन गर्नतिर प्रयत्न गर्नुपर्छ।’ यद्धपी उनले संशोधन प्रस्तावलाई पारित गराउनको लागि सरकारका तर्फबाट पर्याप्त प्रयासहरु भैरहेको जनाए ।



प्रतिक्रिया दिनुहोस्