Logo

यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिदैंनौं : झा



काठमाडौं, ३१ असार । राजपा नेपालका शीर्ष नेता अनिल झाले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले कुनैपनि निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने,‘यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, हाम्रो कुरा बडा क्लियर छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा झाले संविधानको मस्यौदा तयार पार्दादेखि नै रिर्जर्भेशन अहिलेसम्मपनि कायमै रहेकोले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने जिकिर गरेका हुन् । उनले भने,‘प्रदेश नम्बर दुईको निर्वाचनमा राजपाले भाग नलिने संभावना बढि छ।’

उनले एजेण्डा र निर्वाचनमध्ये एक रोज्दा आफूहरुले एजेण्डा रोजेकोले यसअघिका निर्वाचनपनि बहिष्कार गरेको दाबी गरे । उनले भने,‘हामी क्लियर छौं, हामी एजेण्डा छोड्दैनौं।’

 

 



प्रतिक्रिया दिनुहोस्