Logo

सितगंगा नगरपालिकाको प्राथमिकतामा घर-घरमा खानेपानी



नबिन क.सी: अर्घाखाँची, १ साउन । सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगा नगरपालिकामा सवै वडामा खाने पानीको पहुँच पु¥याउने बताएका छन ।

“नेपालको सवैभन्दा धेरै भौगोलिक क्षेत्र ओगटेको सितगंगा नगरपालिकाका वडाहरुमा अहिलेसम्म खानेपानी मोटरबाटो, विजुली बत्ती बोलेको छैन अहिले ठुला योजना भन्दा पनि जनताका आधारभुत कुरा पुरा गर्ने र गफ भन्दा पनि काम गर्ने समय हो । ”

बस्तीमा पुगेर योजना छनौट गर्ने र योजना बनाई कार्यन्वयन गर्ने अधिकारीले बताए ।

शिक्षा, स्वास्थ्यले पछाडि परेको सितगंगामा सरकारी विद्यालयमा अंग्रेजी बाट अध्यापन गराउन पहल गर्ने बताए । विकट बस्ती भई जाडरक्सीको सेवन बढी रहेकोले नगरमा यसलाई हटाउन सवै जनप्रतिनिधीलाई लाग्न आग्रह गरे । समाज परिवर्तन गर्नका लागी सुरुवात आफैबाट नगरेमा विकास थोरै परिवर्तन भएपनी धेरै विकास नहुने बताए ।

उपप्रमुख टिका रेश्मीले आफनै देशमा बसेर कृषी र पशुपालनलाई जोड दिईने बताए । परम्परागत शैलीबाट भन्दा पनी आधुनिक शैलीबाट अहिले व्यवसाय गर्ने योजना बनाउने बताए ।
रेश्मीले भौतिक पुर्वाधारको विकास गर्न सजिलो भएतापनी जनतालाई सचेतना बनाउन चुनौती रहेको बताए ।

कार्यकारी अधिकृत सुन्दर श्रेष्ठले ७ वडा सचिवले १४ वडा हेर्नुपरेकोले सचिवहरुलाई गाहे भएको बताए । सितगंगा नगरपालिकामा चालु अर्थिक वर्षका लागी छुटिएको ५१ करोड रुपैयाँ कार्यपालिका समितीले गहन छलफल गरी उचित ठाउँमा लगाउने बताए ।

सितगंगा वडा नम्बर ९ अध्यक्ष भिमबहादुर केसीले भने “सितगंगा ९ र १० मा घण्टा हिडेर जन्मदर्ता बनाउन आउनुपर्ने समस्या अहिले पनी छ । दुई वटा कार्यालय नबनाई सेवा सुविधा दिन गाहे भएकोले एउटा प्रमुख र एउटा उपप्रमुख कार्यालय बनाई सेवा दिईने छ । ”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot