Logo

रामचन्द्रले बुझाए मन्त्रीमा ८ जनाको नाम



काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रमुख दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले आजमात्रै देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश गरिसकेका छन् । पौडेलले सिफारिश गरेका नामहरुमा बलबहादुर केसी, रामकृष्ण यादव, दिपक खड्का, राजन केसी र भीमसेनदास प्रधान रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा क्रमश: सरिता प्रसाई गिरी, भरतबहादुर खड्का , जीवन परियार र रञ्जित कर्णको नाम पौडेलले देउवालाई बुझाएका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि आजै पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवासामू बुझाउने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाईल्याण्डबाट आज फर्किएका छन् । सरकार विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डवीच आज साँझ विशेष भेटवार्ता समेत हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot