Logo

चलचित्र ‘प्रेम गीत–२’ निर्माण पक्ष कपीराईट्सको मुद्दा लिएर अदालत जाने



काठमाडौं, १ साउन । नेपाली चलचित्र प्रेम गीत२ को निमार्ण पक्ष कफिराईटको मुद्धा लिएर अदालत जाने भएको छ।

रामशरण पाठकको निर्देशनमा बनेको उक्त चलचित्रका केही दृश्य र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै न्यायको लागि अदालतसम्म जाने निमार्ण पक्षले बताएको छ ।

अर्को कुरा हालै प्रर्दशित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’ र ‘प्रेम गीत–२’ निमार्ण पक्षबीच वाक युद्ध सुरु भयो भन्दा अन्यथा हुँदैन । बाहिर त्यस्तो केही मतभेद नदेखिएपनि आन्तिरक रुपमा एकले अर्कोलाई असफल पार्नेमा लागेको बुझिएको छ ।

प्रदर्शनमा आउनु पूर्व नै चलचित्र प्रेम गीत–२ का केही दुश्य र तस्बिर सार्वजनीक भएको भन्दै केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरि पाईरेसी हुनबाट सजग हुन र चलचित्र प्रेम गीत–२ को सुरक्षितगर्न सरकारसँग माग गरेको थियो ।

वर्ष २०७२ मा रिलिज भएका चलचित्र ’प्रेमगीत’मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको ‘म यस्तो गीत गाउँछु’ अहिले प्रर्दशन भैरहेकोछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot