Logo

युवा नेतृत्वलाई मन्त्रीमण्डलमा सहभागि गराउनु राम्रो हुन्छ : चन्द्र भण्डारी



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले केही पनि काम गर्न सकेको देखिएको छैन । किन ?
नेपाली कांग्रेस नेतृत्वको सरकारले संविधान कार्यान्वयनका लागि चुनाव गर्नुपर्ने चुनौति पार गर्नुपर्ने भएकाले काम केही नभएजस्तो देखिएको हो । जनतालाई अधिकार सम्पन्न बनाउन सरकार लागिपरेको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले ऐन, कानुन नबन्दा निर्वाचित जनप्रतिनिधीले काम गर्नै पाएनन् भन्नुभएको छ । यसप्रति सरकार किन गम्भीर नभएको ?
दिनेश थपलिया धेरै चलाख हुनुहुन्छ । उहाँले दिनरात काम गर्ने हो कि भाषण गर्दै हिँड्ने हो ? निर्वाचित जनप्रतिनिधीले पनि भाषण होइन, काम गर्ने हो । स्थलगत रुपमा जनताको समस्या बुझेर सोही अनुसार काम गर्नुपर्छ । काठमाण्डौ जस्तो राजधानीको महानगर प्रमुखले जनताको हितमा काम गर्ने कि आफुलाई चाहिने मोबाइल किन्ने ?

अहिलेको सरकारले माघअघिसम्म गराउनुपर्ने सबै निर्वाचन गराउन सक्अहिलेको सरकारले माघअघिसम्म गराउनुपर्ने सबै निर्वाचन गराउन सक्छ ?
रातदिन इच्छाशक्ति देखाएर काम गर्ने हो भने चुनाव गराउनु ठुलो चुनौति नै होइन । नेपाली जनताले चुनाव चाहेका छन् । जनताले नै सरकारलाई चुनावका लागि सहयोग गर्न तयार छन् । प्रमुख राजनीतिक शक्तिहरु पनि चुनावको पक्षमा छन् । यस्तो अवस्थामा सहजै चुनाव गराउन सकिन्छ । सरकार पनि जिम्मेवार भएर काम गर्नुपर्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्नुहोला ?
मन्त्रीमण्डल विस्तार गर्न ढिला भइसकेको छ । शेरबहादुर प्रधानमन्त्री हुने भन्ने कुरा धेरै अघि निश्चित भइसकेका कुरा थियो । उहाँले पहिलेदेखि नै सबै तयारी गरेर छिटो काम गर्नुपर्ने हो ।

तपाई मन्त्री बन्ने सम्भावना कत्तिको छ ?
मेरो विषयमा अहिलेसम्म कही कु्रा भएको छैन । राजनीति गर्ने मान्छेले मन्त्री भएर केही काम गरौँ भन्ने इच्छा त हुन्छ । तर प्रधानमन्त्रीसँग यस विषयमा अहिलेसम्म कुरा भएको छैन ।

मन्त्रीमण्डल कस्तो बन्नुपर्छ ?
विगतको अनुभवलाई हेर्ने हो भने युवा नेतृत्वलाई मन्त्रीमण्डलमा सहभागि गराउनु राम्रो हून्छ । उच्च मनोवल भएका र नयाँ सोच भएका व्यक्तिलाई मन्त्रीमण्डलमा सहभागि गराउने हो भने सरकार सफल हुन्छ ।

 

(ऋषि धमलाले गर्नुभएको अन्तरवार्ताको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस्

Screenshot