Logo

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु



नयाँ दिल्ली, २ साउन । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ । सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन् ।

यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार हुनुहुन्छ । त्यस्तै भारतीय विपक्षी दल काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार हुनुहुन्छ ।

भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ ।

संसदमा अहिले पनि मतदान जारी रहेको बताइएको छ । सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए ।

यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएका नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । आज नै नयाँ राष्ट्रपति निर्वाचिन भएको घोषणा हुनेछ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot