Logo

विश्वकप छनोट क्रिकेट : नेपालले आयोजक सिंगापुरसँग खेल्दै



काठमाडौं, २ साउन। सिंगापुरमा आजदेखि सुरु हुने १९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरसँग खेल्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा सिंगापुर गएको नेपाली टोलीले तीन सातासम्म भारतमा अभ्यास गरेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दास टोलीले सुखद सुरुवात गर्नेमा विश्वस्त छन् ।नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया गरी चार टिम सम्मिलित एसियाको छनोटमा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन् । विजेताले विश्वकपमा ठाउँ बनाउने छ ।

नेपाल र सिंगापुरबीचको खेल सिंगापुर क्रिकेट क्लब पदाङमा अहिले बिहान सवा ७ बजेदेखि सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्