Logo

अनमोललाई यसरी फ्लप बनाउँदैछन् भुवनले !



काठमाडौं, २ साउन । सदावहार नायक भुवन केसीले यतिबेला छोरा अनमोल केसीलाई घरबाहिर निस्किन करिब–करिब बन्देज लगाएका छन् । बाबु भुवनले छोरालाई यसरी गुपचुप बनाएर राख्नुको रहस्य नेपाली निर्माताहरुसँग ग्यापमा राख्नु नै हो ।

फोन समेत नबोक्ने अनमोल निक्कै महत्वपूर्ण कामबाहेक सामान्य भेटघाट देखी दुर भएको कुरा घामजस्तै छर्लङग छ । आफ्नो नयाँ चलचित्र आउने र त्यसमा बाबु अभिनेताको रोलमा देखिने छन् भने छोरो अनमोल नायकको भूमिकामा देखिने छन् ।

अनमोल पछिल्लो समयमा यूवा पुस्ताका रुचाईएका नायक हुन् । तर चलचित्रलाई नजिकबाट नियाँल्ने र केही दहसम्म जानकारी राख्नेहरुले अनमोललाई सामाजिक सञ्जालको बीचमा जान नदिनुको एउटै कारण उनको क्रेजलाई महंगो बनाउनु हो भनेर बिश्लेषण गर्ने गरेका छन् ।

अनमोललाई रुचाउनेमा अहिलेकी यूवतीको संख्या अधिक छ भनिन्छ । त्यसैले पनि उनलाई भूवनले त्यति हल्का नहुन र तस्बिर नखिचाउनको लागि आग्रह गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्