Logo

भरतपुर महानगर मुद्दाको अर्को सुनुवाइ ८ साउनमा



काठमाडौँ, २ साउन ।पहिलो चरणको स्थानीय निर्वाचनमा चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ ८ साउनका लागि सरेको छ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमबार सुरु भएको सुनुवाइ समय अपुग भएपछि सरेको हो।

मतगणनाका क्रममा भरतपुर १९ माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले सो वडामा पुन मतदान गराउने निर्णय गरेको थियो।

सो निर्णयका विरुद्ध पुन मतदानको माग गर्दै सर्वोच्चमा परेको रिटमाथिको सुनुवाइ बारम्बार सर्दै आएको थियो।



प्रतिक्रिया दिनुहोस्