Logo

भरतपुर प्रकरणको सुनुवाइ फेरि सर्‍यो



काठमाडौं ३ साउन । भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि बहस साता दिनका लागि सरेको हो । सोमबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका थिए ।

मतगणना अन्तिममा पुगेकाबेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा सर्वोच्चमा रिट दायर भएको थियो । मतगणनामा एमालेका देवी ज्ञवाली माओवादी र कांग्रेसका संयुक्त उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए ।



प्रतिक्रिया दिनुहोस्