Logo

राप्रपा असन्तुष्ट सांसदहरुको एक स्वर : ‘हामी संशोधनको पक्षमा छौं’



काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट एक दर्जन सांसदहरुले संशोधन प्रस्तावको पक्षमा मतदान गर्नको लागि शर्तहरु तेर्साएका छन् ।

मंगलबार विहान पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै असन्तुष्ट सांसदका नेतृत्वकर्ता सांसद रेशम लामाले भने,‘पक्षमा मतदान गर्छौं, तर प्रस्तावमा दुई कुरा परिवर्तन गर्नुपर्छ।’ लामाले आफूहरु संशोधन प्रस्तावको विपक्षमा नरहेको जिकिर गरे ।

लामाले संशोधन प्रस्तावमा उल्लेख भएका विषयहरुमध्ये नागरिकताको प्रावधानमा केही परिमार्जन हुनुपर्ने आफूहरुको अडान रहेको छ । उनका अनुसार नगरिकताको बारेमा नेपालको केटाले भारतीय केटी विवाह गर्दा जति समयमा भारतीय चेली अर्थात नेपाली बुहारीले नागरिकता पाउँछिन त्यतिकै समय र त्यही

प्रावधानमा नेपाली चेलीले भारतीय केटासँग विवाह गर्दा नागरिकता पाउनुपर्ने रहेको छ ।

त्यस्तै उनले प्रदेशको सिमांकन परिवर्तनको लागि प्रदेश सभाको सामान्य अनुमित लिनुपर्ने अहिलेको प्रावधानलाई हटाएर दुई तिहाईले मात्रै संशोधन गर्नुपर्ने आफूहरुको माँग रहेको जनाए ।



प्रतिक्रिया दिनुहोस्