Logo

यु–१९  विश्वकप क्रिकेट छनोट: नेपाललाई लगातार दोस्रो सफलता



मलेसिया ५ विकेटले पराजित

काठमाडौं, ३ साउन । यु–१९  विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो ।

आक्रामक ब्याटिङ गरेको नेपालको लागि आसिफ शेखले २३ रन तथा प्रनित थापामगरले १८ रनको योगदान दिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २६ औं ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्रै जोड्न सक्यो ।

नेपालका कप्तान सन्दिप लामिछानेले आज पनि ५ विकेट लिए । लामिछानेले हिजो सिंगापुरविरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए ।चार टोली सहभागि अण्डर नाईन्टिन विश्वकप अन्तर्गत एसियाली समूहको छनोटमा नेपाल र अफ्गानिस्तानलाई दावेदार मानिएको छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने एउटा टोली अण्डर नाईन्टिन विश्वकप क्रिकेटका सहभागि हुन पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्